बैंकिङ्ग
स्ट्यान्डर्ड चार्टर्ड बैंकको तीन वर्षपछि बोनस सेयर प्रस्ताव, घोषणा गर्यो ११.८४ प्रतिशत लाभांश

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो।
बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश घोषणाका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ। गत वर्षको वार्षिक प्रतिवेदन स्वीकृत भएपछि बैंकले साधारणसभा डाकेर लाभांश अनुमोदन गराउनु पर्छ।
बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो।
हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































