एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ५ गते शुक्रबार वेबिनार मार्फत सभा गर्न लागेको हो ।
साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह ‘ख’ शेयरधनी समायोजन गर्ने, सोहि अनुसार प्रन्बंधपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।