जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सेयर बजारमा अहिलेसम्मकै उच्चतम कारोबार, दुई दिनमा ६० अंकको छलाङ

सेयर बजारमा अहिलेसम्मकै उच्चतम कारोबार, दुई दिनमा ६० अंकको छलाङ

अहिलेसम्मकै सर्वाधिक कारोबार भएको सेयर बजार ऐतिहासिक उच्चतम विन्दुभन्दा मात्र सय अंक तलसम्म उक्लिएर बन्द भएको छ।

तिहार बिदापछि खुलेको सेयर बजारले दुई दिनमा (बुधबार २३ अंकसहित) ६० अंकको छलाङ हानेको हो।

थियो। अघिल्लो वर्षको असोजमा भने ३० करोड रहेको नाफा गत असोजमा घटेर २८ करोड ६० लाख रुपैयाँमा झरेको छ।

विशाल बजारको सेयरमा पनि  सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको पछिल्लो एक महिनामा मात्र १६ दिन कारोबार भएको छ। तैपनि कुनै उल्लेख्य कारणले भन्दा पनि आन्तरिक कारोबार भएकाले मूल्य बढेको ब्रोकरको भनाइ छ । कम्पनीको सेयर मूल्य ३०२ रुपैयाँले बढेर ३ हजार ३२९ रुपैयाँ पुगेको छ।

यस्तै, पछिल्लो एक वर्षमा कित्तामा ६ हजार रुपैयाँभन्दा धेरैले मूल्य वृद्धि भएको साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) को सेयर मूल्य विहिबार पनि उचालिएको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता आज ६५५ रुपैयाँले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको छ।

रेकर्डमाथि रेकर्ड
बिहीबार सर्वाधिक रकमको सेयर कारोबार भएर बजारले नयाँ रेकर्ड कायम गरेको छ। दिनभरीमा ६ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यसमध्ये जलविद्युतको ६३ करोड ७५ लाख, होटल समूहको १५ करोड ६६ लाख, व्यापार समूहको २१ करोड ५४ लाख, माइक्रोफाइनान्स समूहको ५३ करोड ९० लाख र बैंकिङ समूहको १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

जीवन बीमाको ८२ करोड ५१ लाख, निर्जीवन बीमाको एक अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ। अन्य समूहको ८१ करोडको कारोबार भएको छ। बाँकी अरुको कारोबार भएको हो।

नेप्सेका अनुसार, निर्जीवन २० बीमा कम्पनीमध्ये १९ वटाको मूल्य बढेको छ।  जीवन बीमामा कारोबार भएका सातवटैको मूल्य बढेको छ। बैंकिङ समूहका भने कारोबार भएका २६ मध्ये १३ को मूल्य बढेको छ, बाँकी १३ को घटेको छ।

बिहीबार जीवन बीमा र निर्जीवन बीमा सूचक पनि सर्वाधिक माथि पुगेको अर्को रेकर्ड कायम भएको छ। आज बजार पूँजीकरण पनि अहिलेसम्मकै उच्च रहेको नेप्सेले जनाएको छ।

3805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका