जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकको अनलाइन अकाउन्ट सेवा सुरु, यस्ता छन् फाइदाहरु

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन अकाउन्ट सेवा सुरु, यस्ता छन् फाइदाहरु

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा दिन शुरु गरेको छ । कोरोना भाइरसको कारणले बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको लागि सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा शुरु गरेको हो ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ । बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिन्छ ।

6395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?