सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुरको सुर्यविनायक शाखाले शनिबार ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । रक्त क्यान्सरबाट मृत्यु भएका बीमित लक्ष्मी भक्त वाङग्योको हकवाला श्रीमती मोहन केशरी वाङग्योलाई एघार लाख तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीकी सूर्यबिनायक शाखा प्रमुख प्रमिला प्रजापतिले जानकारी दिईन् ।
१० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका लक्ष्मीभक्तले एक किस्ता बुझाएपछि रगतको क्यान्सर भई मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकमसहित जोडेर कुल ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुुख व्यापार अधिकृत सुनील पोखरेलले मृतककी श्रीमती मोहन केशरीलाई मृतकको घर भक्तपुर–८, जगातीमै पुगेर चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बीमाको महत्वबारे प्रकाश पार्दै जीवन बीमा बचत र जोखिम बहन दुवै भएको प्रष्ट पारे ।
चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका एबीएम लोकमाया अधिकारी, बी.डीे.सी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रममा मृतककी श्रीमती मोहन केशरीले बीमा बापतको रकमले बाँकी रहेका परिवारका सदस्यहरुको भविष्य सुदृढ बनाउन उपयोग गरिने बताईन् ।