जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्स र सस्तो टिकट्सबिच सम्झौता

सगरमाथा इन्स्योरेन्स र सस्तो टिकट्सबिच सम्झौता

सगरमाथा इनस्योरेन्स र सस्तो टिकट्स प्रालीबिच सम्झौता भएको छ । उक्त सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत र्चकी क्षेत्री र सस्तो टिकेट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैदेशिक भ्रमणमा जाने ब्यक्तीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो  घर वा कार्यालयबाट नै अनलाईन मार्फत ट्राभलर्स मेडिक्लेम बीमालेख लिन सक्ने ब्यवस्था मिलाईएको छ ।

उक्त सम्झौता अनुसार सस्तो टिकेट्सका ग्राहकहरुले sastotickets.com मार्फत एरलाईन्सको टिकट लिने समयमानै आफुलाई आवश्यक पर्ने ट्राभलर्स मेडिक्लेम बीमालेख लिन सक्नेछन् । उक्त बीमालेखले यात्राका क्रममा हुने बिमारीका कारण श्रृजित हुने आकस्मिक औषधोपचार खर्च, हस्पिटलाईजेशन खर्च र ब्यक्तीगत दुर्घटना बीमा जोखिम बहन गर्नेछ । सो बीमालेखमा अतिरिक्त बीमाशुल्क तिरेर ब्यागेज हराएमा वा ढिला आईपरेमा वा पासपोर्ट मिसप्लेश भएको समेत जोखिमको रक्षावरण लिन सकिन्छ ।

ट्राभलर्स मेडिक्लेम बीमालेख लिनका लागी सस्तो टिकेट्सको वेभसाइटमा उपलब्ध फर्म पुर्णरुपमा भरी बीमालेख लिने ब्यक्तीको फोटो र पासपोर्ट अपलोड गरे पश्चात उक्त बीमालेख प्राप्त हुनेछ  र बीमालेखको वेभ कपि प्रिन्ट गरी लिन सकिनछ । कुनै कारणबस बीमालेखमा संशोधन गर्नु परेमा वा बीमालेख रद्ध गर्नु परेमा भने सक्कल बीमालेख सहित बीमित स्वयं वा प्रतिनिधि मार्फस सगरमाथा इन्स्योरेन्सको नजिकैको शाखा कार्यालयमा उपस्थित हुनु पर्ने जानकारी दिंदै कम्पनीलाई डिजिटाईजेशन गर्दै लाने नीति अनुसार यस प्रकार बीमालेख बिक्री गर्ने फरक अवधारणा ल्याईएकोे कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताएका छन् ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?