जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • सेयर धितो ऋणमा कडाइ, ओभरड्राफ्ट पनि धेरैतिरबाट लिन नपाइने, कसले पाउँछन् सेयर धितो ऋण?

सेयर धितो ऋणमा कडाइ, ओभरड्राफ्ट पनि धेरैतिरबाट लिन नपाइने, कसले पाउँछन् सेयर धितो ऋण?

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा केही कडाइ गरेको छ। राष्ट्र बैंकले बुधबार निर्देशन जारीगर्दै सेयर धितो ऋणमा कडाइ गरेको हो।

पछिल्लो तीन बर्ष लगातार नोक्शानीमा रहेको संस्थाले सेयरमा ऋण दिन पाइने छैन। ब्यवसायिक रुपमा सञ्चालनमा आएको एक बर्ष नकटेका संस्थाहरुको सेयरमा पनि दिन पाइने छैन।

साथै विगत तीन बर्षदेखि साधारणसभा नगरेका र कम्तिमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुमा पनि ऋण दिन पाइने छैन।

अबदेखि सेयर धितो ऋण दिने संस्थाले कुन कम्पनीको सेयरमा ऋण दिएको हो त्यसको मूल्य आम्दानी अनुपात, बुक भ्यालु, लाभांस इल्ड, लाभांस भुक्तानी अनुपातजस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धि ब्यवस्था समेत स्पष्ट रुफमा उल्लेख गर्नु पर्ने हुन्छ।

राष्ट्र बैंकले ब्यक्तिगत अधिबिकर्ष (ओभरड्राफ्ट) ऋणमा पनि कडाइ गरेको छ।  बढिमा ५० लाख रुपैयाँसम्म दिन पाइने यस्तो ऋण दोहोरिन नदिने नीति लिएको छ।

अहिले एउटा संस्थाले ५० लाख दिने ब्यवस्था छ। ऋणीले धेरै वटा संस्थाबाट यस्तो ऋण लिन रोकिएको थिएन। अब भने ऋणीले अर्को संस्थाबाट ओभरड्राफ्ट लिएको छ/छैन भन्ने यकिन गरेर ५० लाखको सीमा ननाघ्ने गरी मात्र दिन पाउँछन्। यसरी ऋणीले धेरै ठाउँबाट पैसा चलाएको रहेछ भने २०७८ असार मसान्तसम्म यसलाई राफसाफ गरिसक्नु पर्छ।

उदाहरणका लागि कुनै ऋणीले एउटाबाट २० लाख लिएको छ भने अर्कोबाट बढिमा ३० लाख ओभरड्राफ्ट लिन पाउँछ। अहिले २० लाख लिएकोले अर्कोबाट ५० लाख लिन पाइरहेको थियो।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले अर्को काम पनि थपिदिएको छ। अब चालु पूँजी प्रकृतिका कर्जा प्रवाह गरेर चुप लागेर बस्न पाइँदैन। त्यो कर्जा सम्बन्धित प्रयोजनमा उपयोग भएको छ/छैन यकिन पनि गर्नु पर्छ।

10080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?