कृषि विकास बैंकको अगुवाईमा नेपाल बैंकदे करीव दुई अर्व लगानीमा ६ लाख रुपैयाँ लगानी गर्ने भएका छ । लेयर्स कुखुरा फार्म, बायो ग्यार अर्गानिक मल उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुने जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा उपलब्ध गराउने भएको हो ।
उक्त कार्यmत्रममा नेपाल बैंक लि. सहितको कर्जा प्रवाहका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय,नेपाल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।