तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
बैंकले चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते सम्पन्न बैंकको २७६ औं सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी १४ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
हाल बैंककाे अध्यक्ष जीवन प्रसाद ओझा रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमा श्रेष्ठ रहेका छन् ।
—