जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु बैंकबाट बाहिरिए देवीप्रकाश भट्टचन

प्रभु बैंकबाट बाहिरिए देवीप्रकाश भट्टचन

प्रभु बैंकको सञ्चालक समितिबाट देवीप्रकाश भट्टचन बाहिरिएका छन्। आइतबार भएको वार्षिक साधारणसभामा उनले सञ्चालक समितिका लागि उम्मेदवारी दिएनन्।

भट्टचनले प्रभु फाइनान्सलाई वाणिज्य बैंक बनाएका थिए। २००५ मा फाइनान्स स्थापना भएको थियो। त्यसको दुई वर्षपछि उनी फाइनान्सको अध्यक्ष भएका थिए। त्यसअघि उनी तत्कालिक ग्लोबल बैंकको सञ्चालक थिए।

प्रभु फाइनान्समा आएपछि उनकै पहलमा थुप्रै संस्थाहरुसँग मर्ज भएको थियो। मर्जरका कारण प्रभु विकास बैंक हुँदै बैंक बनेको थियो। भट्टचनको नेतृत्वमा प्रभुमा दुई वटा वाणिज्य बैंकहरु नै गाभिए। किस्ट बैंक र ग्राण्ड बैंक नेपाल भट्टचनले प्रभुमा गाभेका थिए।

उनको पहलमा प्रभु समूह अन्तर्गत अन्य वित्तीय संस्थाहरु पनि खुलेका छन्। प्रभु लाइफ, प्रभु जनरल इन्स्योरेन्स, प्रभु क्यापिटल लगायतका वित्तीय संस्था भट्टचनको अगुवाइमा खुलेका हुन्। भट्टचन प्रभु लाइफलाई नयाँ उचाइमा पुर्‍याउन आगामी दिनमा क्रियाशील हुने छन्।

बैंकको आइतबारको बसेको सञ्चालक समितिमा चार जना पुरानै अनुहार छन् भने दुई जना नयाँ थपिएका छन्। बैंकले एक/दुई दिनमा स्वतन्त्र सञ्चालक चयन गर्ने छ।

बैंकको सञ्चालक समिति सदस्यमा ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः चयन भएका छन्। अन्य दुईमा प्रमोद घिमिरे र रामेश्वर सापकोटा चयन भएका छन्। सबै जना निर्विरोध निर्वाचित भएका हुन्।

बैंकको वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर हो।

9100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?