बैंकिङ्ग
पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरमा एन आई सी एशिया बैंकको क्युआर भुक्तानी सेवा
एन आई सी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यु आर भुक्तानी सेवा उपलब्ध गराएको छ ।
यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यु आर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमै क्यु आर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । फोन पेमा आबद्ध बैंकका ग्राहक महानुभावहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्यु आर भुक्तानी सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।