बैंकको कर्जा दुरुपयोग प्रकरणमा मनोज भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माण गर्दै आएका भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको अख्तियार उच्च स्रोतले जनाएको छ ।
पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारले जनाएको छ । भेटवालले भ्युटावर निर्माण गर्दा अनियमितता गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।
भेटवालले तात्कालिन एपेक्स डेभलपमेन्ट बैंक नेतृत्वलाइ पंभावमा पारेर ५० करोड रुपैयाँ भन्दा बढी कर्जा दुरुपयोगको आरोप लागेको छ । एपेक्स बैंकका तत्तकालिन अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, बधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत मुछिएका छन्।
उक्त बैंकको १ अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा बुझाएको हो।ेभेटवालले विभिन्न बैंकबाट लिएको ऋण नतिरेपछि बैंकहरुले कालोसूचीमा राखिसकेका छन् ।