जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको साधारण सभा चैत २७ गते, १० प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्स्योरेन्सको साधारण सभा चैत २७ गते, १० प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्स्योेरेन्सले चैत २७ गते ७२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ५ गतेको सञ्चालक समितिको बैठकले एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौंमा विहान ११ बजेका लागि सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित कुल १० प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ ।

यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयर प्रयोजनका लागि कर समेत २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

८ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार पुग्ने भएकाले सोही बमोजिम हुने गरी जारी तथा चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन समेत सभाले गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक पदमा विशाल मिनरल्स एण्ड फाइन्स प्रा.लि का प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेकाले सो समेत सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य हुनेछन् ।

4775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?