चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को खुद नाफा ४८.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६७ करोड ६० लाख नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ४३.८९ प्रतिशतले बढेर ६८ अर्ब ५७ करोड पुगेको छ भने कर्जा प्रवाह ३९.४३ प्रतिशतले बढेर ७९ अर्ब ९० करोड पुगेको छ । ।
४ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.०९ प्रतिशतबाट बढेर ०.२१ प्रतिशत पुगेको छ ।