जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रू. २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब २१ करोड ५६ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।

आम्दानी २२ प्रतिशत बढेको कम्पनीको खुद नाफा २१ दशमलव ८० प्रतिशत बढेको छ । गत वर्ष रू. २० करोड ३२ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ८० लाख आम्दानी गरेको छ । यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. २० करोड ३४ लाख खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. रू. १६ करोड ७० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरी कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्नेछ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ३७ दशमलव ७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ५९ करोड ७५ लाख रहेको जगेडा कोष रकम यस वर्ष रू. ८२ करोड ३२ लाख कायम भएको छ ।

जीवन बीमा कोष रकम १३२ प्रतिशत बढेर रू. २ अर्ब ३७ करोड २१ लाख पुगेको छ । कम्पनीले यस वर्ष कम्पनीले ७०९ प्रतिशत बढी रू. ५ करोड २६ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ

8745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका