कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत एक महिला कर्मचारीको निधन भएको छ । इन्स्योरेन्सको स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार कोरोना संक्रमणबाट निधन भएको हो । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
सम्बन्धित समाचार
" class="lazy">