समाचार
नबिल बैंकको कुमारीपाटी स्थित शाखामा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन
0 टिप्पणी
कोरोना संक्रमणका कारण नबिल बैंक लिमिटेडमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । बैंकको कुमारीपाटी स्थित शाखामा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएको हो । सोहि बैंकमा कार्यरत एक कर्मचारीले आफ्नी सहकर्मीको कोरोनाका कारण निधन भएको पुष्टी गरेकी छिन् । गुरुङ थर भएकी ती कर्मचारीले लक्षण देखिएपछि कोरोना परिक्षण गराएकी थिइन् ।
कोरोना संक्रमण भएपछी उनलाई सार्है गाह्रो भएपछी आइसीयुको बेडका लागि प्रयास गरिएको थियो । परिवारले आइसीयुको बेड नभेटेपछी बैंकलाईसमेत हारगुहार गरिएको तर आइसीयुको बेड नपाएपछि अन्तत: ती कर्मचारीको निधन भएको उनकी एक सहकर्मीले अर्थ सरोकारलाई बताएकी छिन् ।
‘काममा निकै मेहेनती र लगनशील साथी गुमाएपछि हामीलाई पनि असह्य पीडा भएको छ । अत्यावश्यक सेवाका नाममा बैंकहरुमा कोरोना झन् फैलिएको विषयमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती बैंकरले भनिन् , ‘कैलालीतिर एटिएमबाहेक सबै सेवाहरु बन्द गरिएका छन् । काठमाडौँमा पनि यस्तो नगरिए स्थिति झन् भयावह हुने देखिन्छ ।’
उनका अनुसार बैंकमा आउने आजकालका ग्राहकहरु धेरै संक्रमितका आफन्तसमेत हुने गरेका छन् । ‘धेरै ग्राहक त कोरोना संक्रमितका आफन्त नै हुन्छन् । जति स्वास्थ्य मापदण्ड अपनाउँदा पनि हामी जोखिम बाहिर छैनौं ।’
सम्बन्धित समाचार
" class="lazy">