जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१

बैंकको ब्याजदरमा गिरावट !

चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले लिने र दिने दुवै प्रकारका ब्याजमा ठुलो गिरावट आएको छ। २०७७ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.७९ प्रतिशत र कर्जाको औसत ब्याजदर ८.६१ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा रिपोर्ट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

अघिल्लो वर्षको सोही महिनामा यी दरहरू क्रमशः ६.७४ प्रतिशत र ११.७७ प्रतिशत रहेका थिए । त्यसै गरी, वाणिज्य बैंकहरुको आधार दर २०७६ चैतमा ९.३६ प्रतिशत रहेकोमा २०७७ चैतमा ६.९० प्रतिशत कायम भएको छ।

२०७६ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१३ प्रतिशत रहेकोमा २०७७ चैतमा २.७६ प्रतिशत कायम भएको छ । त्यसै गरी, वाणिज्य बैङ्कहरूबिचको अन्तर बैङ्क कारोबारको भारित औसत ब्याजदर २०७६ चैतमा २.१३ प्रतिशत रहेकोमा २०७७ चैतमा २.०३ प्रतिशत रहेको छ ।

अन्य वित्तीय संस्थाहरू बिचको अन्तर बैङ्क कारोबारको भारित औसत ब्याजदर २०७६ चैतको ३.५२ प्रतिशतको तुलनामा २०७७ चैतमा १.९२ प्रतिशत कायम भएको छ ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा लिइने बैंक तथा वित्तीय संस्थाहरूको औसत अन्तर–बैंक दर २०७७ चैतमा २.०३ प्रतिशत कायम भएको छ ।

5230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका