जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • अक्सिजन प्लान्ट स्थापनाको लागि गण्डकी अस्पताल लाइ माछापुच्छ्रे बैंकको ५ लाख सहयोग ।

अक्सिजन प्लान्ट स्थापनाको लागि गण्डकी अस्पताल लाइ माछापुच्छ्रे बैंकको ५ लाख सहयोग ।

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरा लाइ अक्सिजन प्लान्ट स्थापनाको  लागि रु.५ लाख सहयोग गरेको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो । गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने र यसबाट विरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ।

यसैगरी माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको अत्तरिया स्थित मालाखेती अस्पताललाई अक्सिजन  कन्सन्ट्रेटर किन्नका लागि रु. ५० हजार सहयोग गरेको छ । अस्पतालमा देखिएको अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले मालाखेती अस्पताललाई उक्त सहयोग गरेको हो । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न समयमा नेपाल सरकार तथा स्थानीय तहहरुमा कोरोना महामारी न्यूनिकरणका लागि सहयोग गर्दै आएको छ ।

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?