जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनी: सर्वाधिक शेयर कारोबार गर्न सफल

एशियन लाइफ इन्स्योरेन्स कम्पनी: सर्वाधिक शेयर कारोबार गर्न सफल

यस कम्पनीले मंगलवार सर्वाधिक शेयर कारोबार गर्न सफल भएको छ । कम्पनीको रु. ३३ करोड ७ लाख बराबरको शेयर खरिद बिक्री भएको हो । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ४३२ पुगेको हो ।

कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १३ करोड ७ लाख २२ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १८ करोड २१ लाख ११ हजार पुगेको हो ।

त्यसैगरी कम्पनीको बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ३ अर्ब १० करोड २१ लाख बीमाशुल्क आर्जन भएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ४ अर्ब ६३ करोड ७० लाख पुगेको हो ।

कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब १ करोड ७ लाख पुगेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म जगेडामा रु. ७३ करोड ४ लाख २१ हजार र जीवन बीमा कोषमा रु. २५ अर्ब ४२ करोड ८ लाख सञ्चित गरेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी रु. १२ दशमलव ०८, मूल्य आम्दानी अनुपात १०९ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रु. १४० दशमलव ८४ रहेको छ । कम्पनीले हालसम्म ४० वटा शाखा तथा १०८ उपशाखामार्फत देशव्यापी रूपमा बीमा सेवा प्रदान गर्दै आएको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ११ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २९ दशमलव ८६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

मंगलवारको शेयर मूल्य रु. १ हजार ४३२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३५५ मा टेवा पाउने देखिन्छ । कम्पनीको ६० कारोबार दिनयताकै यस दिनको कारोबारमा उच्च मूल्य कायम रहेको छ ।

4890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?