जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • २० युनिटसम्म विद्युत निशुल्क ,२० हजार लिटरसम्म खानेपानीको पैसा नपर्ने

२० युनिटसम्म विद्युत निशुल्क ,२० हजार लिटरसम्म खानेपानीको पैसा नपर्ने

सरकारले निषेधाज्ञा अवधीभर  घरेलु तथा साना उपभोक्ताले मासिक रुपमा २० युनिटसम्म खपत गर्ने  विद्युतको डिमाण्ड शुल्क तथा महसुल छुट दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै  मासिक ५० युनिटसम्म खपत गर्नेलाइ ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने निर्णय गरेको बताए। उनका अनुसार साझेदारी, सहलगानी लगायत सबै प्रकारका खानेपानी सामुदायिक सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्क र महसुल पुरै छुट दिने निर्णय भएको छ।

होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिने पौडेलले बताए। पौडेलले नेपाली खानेपानी संस्थान,काठमाडौ खानेपानी लिमिटेड ( केयुकेएल) तथा स्थानीय तहबाट वितरण हुने  ग्राहस्थ उपभोक्तालाइ मासिक २० हजार लिटरसम्म पानीको निशुल्क वितरण गरिने बताए।

8305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका