आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुका लागि आगामी असार २ गतेदेखि असार ४ गतेसम्म तालिम संचालन गर्ने जनाएको छ । तालिम जुम मार्फत संचालन गर्ने कम्पनीले बताएको छ ।
ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी(न्युनतम एसएलसी) हाल खिचिएको पासपोर्ट साइजको फोटो। स्थायी लेखा नम्बर, कम्पनीको नाममा रहेको सानिमा बैंकमा दस्तुर ५ सयको भोचरको प्रमाण पेश गरी इमेल पठाउन कम्पनीले भनेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकलाई असार १ गतेभित्र कम्पनीको ठेगानामा इमेल गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
" class="lazy">