जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेप्से परिसूचक ११.६८ अंकले घट्यो

नेप्से परिसूचक ११.६८ अंकले घट्यो

मंगलबार सेयर बजार अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । नेप्से परिसूचक ११.६८ अंकले घटेर २७७१.१५ अंकमा सीमित भएको छ ।

यो दिन १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा कारोबार भएको छ । ६६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ डेभलपमेन्ट बैंक र फाइनान्सबाहेकका अन्य उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा कालिका पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने सेयर मूल्य बढ्ने अन्य कम्पनीमा लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, समिट माइक्रो फाइनानस डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन् ।

त्यसैगरी सबैभन्दा सेयर मूल्य घट्ने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइ«ोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी छन् ।

6295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका