ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले कुल रकम ३१ लख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो ।
जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।
संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियोभने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ ।
संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १ लाख २५ हजार ३८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५ हजार ४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानी गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।