बेस्ट फाइनान्सले सिन्धुपाल्चोकका बाढीपीडित हेलम्बुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पु¥याएको क्षतिका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध छ
उज्यालोबाट वञ्चित विपद्मा परेका हेलम्बुबासीलाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । कम्पनीको टोलीले सिन्धुपाल्चोकको हेलम्बु पुगेरै उक्त सहयोग हस्तान्तरण गरेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेलम्बुबासीलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।