काठमाडौं कोकाकोलाले महामारीबाट किराना र पसल संचालकलाई सहयोग गर्ने भएको छ। किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्न कोकाकोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ।
जसले स्वचालितरूपमा बिक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउने कम्पनीको जिकिर छ। खुद्रा बिक्रेताले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्ने कम्पनीले जनायो। यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउने र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कम्पनीले जनाएको छ।