जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सेयर बजारः कारोबार रकम र सूचक दुवैमा क्रमिक सुधार, लघुवित्तका लगानीकर्ताले कमाए

सेयर बजारः कारोबार रकम र सूचक दुवैमा क्रमिक सुधार, लघुवित्तका लगानीकर्ताले कमाए

गत हप्ता तीव्र उतारचढाव आएको सेयर बजारले यो हप्ता विस्तारै लय समात्ने संकेत देखाएकाे छ।

आइतबार सवा सात अर्ब हाराहारीको धितोपत्र कारोबार भएकोमा सोमबार भने करिब पौने आठ अर्ब रुपैयाँकाे किनबेच भएको छ।

साताको अघिल्ला दुवै दिन नेप्से सूचकमा समेत बढोत्तरी देखिएको छ। आइतबार २७ अंकले बढेको बजार सोमबार पनि ५ अंकले वृद्धि भएको छ। यससँगै नेप्से सूचक २८७५ विन्‍दुमा उक्लिएको छ।

आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अघि देखिएका छन्। सबैभन्दा धेरै सेयर मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त नै रहेका छन्। जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ।

अर्कोतर्फ, सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी बराबर छन्। बेष्ट, रिलायन्स र आइसीएफसी फाइनान्सको सेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि चार/चार प्रतिशतले नै घटेको छ।

माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैयाँ) को सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२/५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज २१९ कम्पनीको एक करोड ९२ लाख कित्ता धितोपत्र कारोबार भए। समग्रमा कुल सात अर्ब ७२ करोड रुपैयाँकाे धितोपत्र किनबेच हुँदा ८० कम्पनीका लगानीकर्ताहरुले मात्र कमाए। सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने बाँकी सबैको घटेको छ।

सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांश उपसमूह रातो भएका छन्। लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ। विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह (६५ अंक) र फाइनान्स समूह (५६ अंक) पनि घटेको छ।

 

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका