जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सनराइज बैंकले कोरोना संक्रमितलाई गर्‍यो हेलिकप्टरबाट उद्धार

सनराइज बैंकले कोरोना संक्रमितलाई गर्‍यो हेलिकप्टरबाट उद्धार

सनराइज बैंकले कोरोना संक्रमित कर्मचारीको हेलिकप्टर प्रयोग गरी उद्धार गरेको छ। बैंकको शिवालय शाखामा करिब २ वर्षदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकट्टेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकप्टरको प्रयोग गरी काठमाडौंमा ल्याई उपचार गराएको हो।

कच्ची बाटो र गम्भीर स्वास्थ्य अवस्था भएकाले एम्बुलेन्सबाट काठमाडौं ल्याउन सहज थिएन, तसर्थ बैंकले तुरुन्तै दक्ष चिकित्सकहरु सहितको हेलिकप्टर व्यवस्था गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याई आवश्यक उपचार सुरु गरेको जनाएको छ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएकाले अस्पतालले डिस्चार्ज गरिसकेको छ।

बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमणबाट जोगिन र संक्रमितहरुलाई उपचार गर्न सहयोग गर्दै आएको बताए।

कर्मचारीलाई कोभिडबाट जोगिन मास्क, सेनिटाइजर आदि सुरक्षा सामाग्रीहरुको पर्याप्त व्यवस्था गरेको उनले जानकारी दिए। संक्रमण देखिएका कर्मचारीहरुको लागि उचित चिकित्सक परामर्श, मेन्टल स्ट्रेस म्यानेजमेन्ट प्रोग्राम तथा अस्पताल व्यवस्थापनमा पनि सहयोग गर्दै आएको उनले बताए।

पहिलो र दोस्रो लहर गरेर सनराइज बैंकमा ४०० भन्दा बढी कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको थियो। हालसम्म बैंकले कर्मचारी सुरक्षाको लागि आर्थिक वर्ष २०७७/७८ मा मात्र करिब ९० लाख रुपैयाँ खर्च गरिसकेको छ।

5550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका