जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • आजबाट सार्वजनिक सवारी पनि चल्न थाल्यो, पसल पनि सबै खुले,

आजबाट सार्वजनिक सवारी पनि चल्न थाल्यो, पसल पनि सबै खुले,

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक साता थप गरिए पनि आजाबाट सार्वजनिक सवारी साधन चल्ने भएका छन्। सोमवार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठेकले सार्वजनिक सवारी साधन खोल्न दिने निर्णय गरेको हो।

तर, स्वास्थ्य मापदण्ड पूरा गरेर २५ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक सवारी साधनहरु मात्र चल्न पाउने छन्। यसमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी चलाउन पाउने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।

‘२५ सिट भन्दाबढी क्षमता भएका सवारीलाई जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको छ,’ प्रजिअ निरौलाले भने।

निलो माइक्रोबस, ट्याम्पु लगायतका साना सार्वजनिक सवारी साधनलाई भने खोल्न नदिने निर्णय भएको छ। असार ८ गतेदेखि निजी सवारी साधनलाई समेत जोरबिजोर प्रणालीको आधारमा चल्न दिएको छ।

पसलहरु सातै दिन खुल्ने

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ। थप एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्।

‘पसलहरुमा लगाइएको बार प्रणाली हटेको छ। अब जुनसुकै बार पनि खोल्न पाइने छ,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसलहरु भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।

होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्।

त्यस्तै, मानिसको भिडभाड हुने क्षेत्रहरु सपिङ मल, विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने समेत सहमति भएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको हो

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?