जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • सिभिल बैंकको सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंकको सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।

गत जेठ २८ गते बसेको कम्पनीको ३४५ औं सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते कम्पनीका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म कम्पनी सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआर्इसी एशिया, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।

5575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका