कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र क्यापिटबीच सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ रकम बराबरको “(%KSBBL Debenture 2088 ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंककाहाल १२८ वटा शाखाकार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।