जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • नेशनल लाइफको गत बर्ष प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि

नेशनल लाइफको गत बर्ष प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि

नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक बर्ष प्रथम बीमा शुल्क बापतको रकम चार अर्ब रुपैयाँ नाघेको छ। कूल बीमा शुल्क १२ अर्ब माथि पुगेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढि प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो।

त्यस्तै, नविकरण बीमा शुल्क समेत उल्लेख्य रुपमा बृद्धिभएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत बर्ष १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी देशकै दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्नपुगेको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेशनल लाइफका सीईओ सुरेश खत्रीले ग्राहकहरुसँगै अभिकर्ता, नियामकीय निकायका कारण दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको बताए। वैशाखदेखि असारसम्मको अवधिमा निषेधाज्ञा र कोरोनाका कारण व्यापारमा भने असर पुगेको उनले बताए। कोरोना असरका कारण व्यापार केही खुम्चिए पनि चुनौती सामना गर्दै कम्पनीलाई यो अवस्थामा ल्याइ पुर्‍याएको जिकिर गरे।

7235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका