जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • नगदरहित भुक्तानी कारोबार लगातार बढ्यो, एनसीएचएलबाटै कुल गार्हस्थ उत्पादनको तीन गुणा बढी

नगदरहित भुक्तानी कारोबार लगातार बढ्यो, एनसीएचएलबाटै कुल गार्हस्थ उत्पादनको तीन गुणा बढी

कोरोना महामारीपछिको सतर्कताले नगदरहित भुक्तानीको कारोबार निकै बढेको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का विभिन्न प्रणालीहरुमार्फत मात्रै आर्थिक वर्ष २०७७/७८ मा नगदरहित भुक्तानी कारोबार मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा तीन गुणाले बढी भएको पाइएको छ।

कारोबार गर्दा परम्परागत तरिकाबाट चेक काटेर बैंकको लाइन बस्नु नपर्ने र नगद नै लेनदेन गर्नु नपर्ने सुविधा भएकाले भुक्तानी कारोबारमा डिजिटल माध्यमको प्रयोगकर्ता बढेका हुन्।

एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु सञ्चालन गर्दै आएको छ।
गत आवमा एनसीएचएलले ४ करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ, जुन अघिल्लो आवको तुलनामा ११७% ले बढी छ। त्यसैगरी रकमको आधारमा नेपाली रुपैयाँ १३ खर्ब, यूएस डलर २० करोड ९ लाख, युरो २४ करोड ९ लाख र पाउन्ड स्ट्रलिङ २७ करोड २ लाख विभिन्न भुक्तानी प्रणालीहरुमार्फत कारोबार गरेको हो ।

उक्त चेकको कारोबार २१% ले, एनसीएचएल–आइपीएसमा ९४% ले र कनेक्ट आइपीएसमा ५६६% ले कारोबार वृद्धि भएको छ। चेकबाट हुने कारोबारको बढोत्तरी स्थिर हुँदैछ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपयोग भने उल्लेख्य रुपमा बढेका छन्।

नेपाल क्लियरिङ हाउसमा ५९ बैंक वित्तीय संस्था,२३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्स्योरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध–सरकारी निकाय र अन्य ७ विभिन्न संघसंस्था आबद्ध छन्

6445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?