एभरेष्ट बैंकले ललितपुरको भैसेपाटीमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा १ सय ४ पुगेको छ। बैंकका सहायक महाप्रवन्धक केशवराज पौडेल र ललितपुर महानगरपालिका वडा १८का अध्यक्ष पुरुषोत्तम खड्काले शाखाको संयुक्त रुपमा उद्घाटन गरे।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैसेपाटी क्षेत्रका इन्चार्ज सन्तोष भट्टराई र एभरेष्ट बैंकका बाग्मति प्रदेशका प्रवन्धक पुष्पराज उप्रेतीको उपस्थिती रहेको थियो।
बैंकले सो शाखाबाट अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा दिने जनाएको छ। बैंकका ११ लाख भन्दा बढी ग्राहक छन्
सम्बन्धित समाचार
" class="lazy">