जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्राइम लाइफको बीमा शुल्क २२ प्रतिशतले बढ्यो, मुनाफा ३० करोड ८२ लाख रुपैयाँ

प्राइम लाइफको बीमा शुल्क २२ प्रतिशतले बढ्यो, मुनाफा ३० करोड ८२ लाख रुपैयाँ

प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ३.२५ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको जगेडा कोष र कुल कायम बीमालेख संख्या बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

कुल बीमा शुल्क तथा खुद बीमा शुल्क दुबैमा २२ प्रतिशत भन्दा धेरैको सुधार देखिन्छ । यस अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन तीन अर्ब ९८ करोड रुपैयाँ र कुल बीमा शुल्क आर्जन ४ अर्ब ४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बीमा शुल्क आर्जनमा सुधार सँगै कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा पनि २५ प्रतिशतले बढाएको छ । प्राइफ लाइफले १३ अर्ब ६० करोड रुपैयाँ दिर्घकालिन लगानी तथा कर्जा प्रवाह गरेको छ । त्यस्तै बीमितहरुलाई बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा पनि २२ प्रतिशलते बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा बीमालेख धितोमा राखेर मात्रै एक अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ ।

व्यवस्थापन खर्चमा केहि नियन्त्रण गर्न खोजेको देखिन्छ । कम्पनीको व्यवस्थापन खर्च १.६५ प्रतिशतले मात्रै बढेर ६ करोड तीन लाख रुपैयाँ छ । यस वर्ष दाबी भुक्तानी ७३ प्रतिशतले बढेको छ । कम्पनीले यस वर्ष मात्रै एक अर्ब १३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्ष जम्मा ६५ करोड ३२ लाख रुपैयाँ थियो । अधिकर्ताहरुले प्राप्त गर्न कमिसन पनि २२ प्रतिशतले बढेको छ । यस अवधिमा अभिकर्ताहरुले ४३ करोड ९ लाख रुपैयाँ कमिसन बुझेका छन् । यस वर्षसम्ममा कायम बीमालेखको संख्या यस वर्ष २३ प्रतिशलते घटेको छ । हाल कायम बीमालेख २ लाख २२ हजार मात्रै छ ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका