जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • संचय कोषका प्रशासक गौतम बर्खास्त भएपछि धिताललाई निमित्तको जिम्मेवारी

संचय कोषका प्रशासक गौतम बर्खास्त भएपछि धिताललाई निमित्तको जिम्मेवारी

कर्मचारी संचय कोषको  निमित्त प्रशासकको जिम्मेवारी का.मु. सह-प्रशासक जितेन्द्र धितालले पाएका छन् । प्रशासक तुलसी गौतमलाई सरकारले बर्खास्त गरेपछ धितालले निमित्त प्रशासकको जिम्मेवारी पाएका हुन् ।

गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई बर्खास्त गरेको हो । संचय कोषको प्रशासक बन्नको लागि कोषको सञ्चयकर्ता हुनु पर्ने ब्यबस्था छ। तर, गौतमले निजामति कर्मचारीबाट अवकास पाएपनि पदमा बसिरहेका थिए । 

गौतम हिमालयन बैंकको अध्यक्ष समेत थिए। सरकारले बर्खास्त गरेसंगै उनको बैंकको अध्यक्ष पद पनि गुमेको छ ।  अब कोषले बैंकको संचालक समितिमा अर्को प्रतिनिधि चयन गरि पठाउने छ । 

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका