जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सम्झौता

नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सम्झौता

नबिल बैंकले राष्ट्रिय युवा परिषद्, पञ्चेश्वोर गाउँपालिका बैतडीसगँ त्रिपक्षीय समझदारी गरेको छ । बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ सम्झौता गरेको हो ।

यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजना,  दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरे ।

5550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका