जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेपालमा कियाको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गरिने, मूल्य कति पर्ला ?

नेपालमा कियाको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गरिने, मूल्य कति पर्ला ?

कोरियाली अटो निर्माता कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ। कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो। 

कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ। कियाले आफ्नो ७ सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको छ। 

विगत हेर्ने हो भने किया एसयूभीहरु कीर्तिमानी बिक्रीका साथ बजारमा प्रभाव जमाउँदै भविष्यतर्फ अग्रसर भएको देखिन्छ। नयाँ किया सोरेन्टो हाइब्रिड सडक ओगट्नेमात्र नभएर आम कल्पनाभन्दा बाहिरको वातावरणीय पहल पनि हो।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ। स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प पनि हो। 

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टीएमईडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ। नयाँ सोरेन्टोमा अतुलनीय शक्तिमात्रै छैन, यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ। 

नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ। सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ। गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ।

सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपूर सुरक्षा सुनिश्चित गर्दछन्। नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन्। यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ। जसले सडकमा अतुलनीय रोमाञ्चकता प्रदान गर्दछ।  

२०२१ किया सोरेन्टोमा इन्जिन र हाइब्रिड प्रविधि मात्र छैन यसको बाहिरी आवरण ज्यादै चित्ताकर्षक छ। इन्टेरियर उस्तै मोहक छ। अघिल्लो भागमा मानक नै मान्न सकिने फराकिलो र बृहत् ग्रिलसँग एलईडी लाइटको संयोजन छ। 

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन्। जसले यसका चारवटै चक्का जमिनमा गाडिए जस्तै गरी यसका यात्रुलाई उच्चतम सुरक्षा प्रदान गर्दछन्। 

१२.३  इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ। ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ। मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ। नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियरमध्येको एक बनाएको छ। मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन्। 

ठूलो र भीमकाय बडी साइज, आक्रामक तथा संयमित देखिने अग्रभाग, बिफिएर १९ इन्चको अलोय ह्विल, डुअल एलईडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ र सार्पर बडी लाइन्सजस्ता विशेषताले सबै ठूला एसयूभीजस्तै अल न्यू सोरेन्टो पनि भीडमा शानदार रुपमा प्रस्तुत हुन्छ। २८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन्। विद्युतीय तत्वहरुले यो हाइब्रिडलाई अझ राम्रो बनाएका छन्। विद्युतीय पावरट्रेनको सहयोगले सडक र पम्प दुवैमा निकै भिन्नता ल्याउँछ।

नयाँ सोरेन्टो हाइब्रिड एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन्। किया सोरेन्टो इको हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। 

4445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?