जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो २१% क्यास ब्याक अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने

माछापुच्छ्रे बैंकले ल्यायो २१% क्यास ब्याक अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने

माछापुच्छ्रे बैंकले २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारहरु दिने योजना ल्याएको छ।   बिभिन्न सामाग्रीहरु किन्दा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेमा उपहारका साथै क्यास ब्याक पाइने बैंकले जनाएको छ ।

बैंकको कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक  २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम  २१ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन्। क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्ने बैंकले जनाएको छ।  

उपहारहरुमा अल्काटेलको ट्याब्लेट ,सिजीको माइक्रोवेभ ओभन, सामसङ माइक्रोवेभ ओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु तथा ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरकातर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेको बैंकले जनाएको छ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन पाँच हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । बैंकका अनुसार वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीवीसाथी को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ ।

यसैगरी क्रतोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा चारसय १० रुपैयाँसम्मको डिस्काउन्ट पनि पाउन सकिने बैंकले जानकारी दिएको छ ।

डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहारका रुपमा फोनपेको तर्फबाट सामसङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बताइएको छ।

यो अफर बैंकले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा असोज ८ गते देखि १७ गते सम्मका लागि लागु रहने गरी ल्याएको जनाएको छ। बैंक आगामी असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दैछ ।

4200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?