आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा जिल्ला शिवसताक्षि नगरपालिका वडा न ११, निबासी नन्द कुमार कार्कीको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो ।
स्व. कार्काी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा असामयिक निधन भयो । कम्पनीले उक्त बराबरको चेक बीमित स्व.नन्द कुमार कार्कीको धर्मपत्नी श्रीमती कान्ति भट्टराई (निर्मला)लाई निजको घर दलानमा गएर कम्पनिका प्रदेश नं. १ का प्रमुख मिलन दाहाल र दमक शाखा प्रमुख देवेन्द्र कोइरालाले हस्तान्तरण गरेका हुन् ।
स्थानीय समाजसेवी देबि बहादुर रायाको अध्यक्षतामा कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरु र स्थानिय भद्र तथा महिलाहरुको उपस्थितिमा मृत्यु दाबी भुक्तानीको रकम चेक मार्फत उपलब्ध गराइएको थियो।
सम्बन्धित समाचार
" class="lazy">