नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७÷०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश पनि सभाले पारित गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।
सम्बन्धित समाचार
" class="lazy">