जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • साफ च्याम्पियनशिपको फाइनल तय, उपाधिका लागि नेपाल र भारत भिड्ने, यस्तो छ समीकरण

साफ च्याम्पियनशिपको फाइनल तय, उपाधिका लागि नेपाल र भारत भिड्ने, यस्तो छ समीकरण

साफ च्याम्पियनशिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। उपाधिका लागि दुवै देश यहि शनिबार नेपाली समय ८ बजेर ४५ मिनेटमा खेल्ने जनाइएको छ। 

नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंकको आधारमा फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने भारतले माल्दिभ्सलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। 

माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको १३ औं संस्करणमा नेपाल र भारतबीच यस अगाडी पनि प्रतिस्पर्धा भईसकेको छ। उक्त खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो। 

महादेशस्तरको प्रतियोगितामा २८ बर्षपछि नेपाल र भारतले उपाधिको लागि भिड्न लागेका हुन्। यस अगाडी सन् १९९३ मा बंगालदेशमा भएको प्रतियोगितामा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए। त्यसबेला नेपालले भारतलाई ट्राइबेकारमा ४-३ ले पराजित गर्दै उपाधि जितेको थियो। खेल २-२ को बराबरीमा सकिएपछि ट्राइब्रेकर मार्फत बिजेता छनौट भएको थियो। त्यसयता नेपालले दक्षिण एसियाली क्षेत्रमा ठुलो उपाधि जितेको छैन। 

डेढ महिनाको अन्तरालमा नेपाल र भारतबीचको खेल हेर्दा भारतबिरुद्दको खेल नेपालका लागि सहज हुनेछैन। साफमा खेल्नु अगाडी नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको छ। जसमा पहिलो खेलमा १-१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा नेपाल भारतसँग १-२  ले पराजित भएको थियो। त्यसपछि साफ अन्तर्गतकै यस अगाडीको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो। 

लगातार तीन पटकको खेल पश्चात नेपाल र भारत उपाधिको लागि डेढ महिनाको अन्तरालमा चौथो पटक भिड्न लागेका हुन्। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ बजेर ४५ मिनेटमा हुनेछ। 

यस पटक नेपाल बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर महादेशस्तरीय प्रतियोगीताको उपाधि जित्ने दाउमा रहेको छ। नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। त्यसैले पनि उनले आफ्नो शुखद विदाई चाहन्छन्।  

6180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका