जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • नेपालमा यामाहाको ‘एफजी-एसएफआइ एबिएस’ सार्वजनिक

नेपालमा यामाहाको ‘एफजी-एसएफआइ एबिएस’ सार्वजनिक

एमएडब्लु इन्टरप्राइजेजले यामाहा बाइकको लर्ड अफ दी स्ट्रिट ‘एफजी-एसएफआइ एबिएस’ मोडेल सार्वजनिक गरेको छ। 

बिएस-६ कम्प्लाइएन्ट रहेको यो बाइकको मूल्य नेपाली बजारमा तीन लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। एमएडब्लु नेपालका लागि यामाहा बाइकको आधिकारीक बिक्रेता हो।

‘अबको दुई वर्षभित्र सबै बाइकमा अनिवार्य एफआई जडान गर्नैपर्छ। हामीले बिएस-६ इन्जिनयुक्त बाइक सार्वजनिक गरेका छौँ। आफ्टर सेल्स सर्भिसलाई उच्च प्राथमिकता राख्दै ग्राहकलाई सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सेवा दिनु नै हाम्रो मूल उद्धेश्य हो,’ बाइक सार्वजनिक कार्यक्रममा एमएडब्लुका सिइओ राजु क्षेत्रीले भने। 

बाइकमा पार्किङ रेकर्ड, रोड म्याप, अलर्ट इन्डिकेटर, इ लक, ब्लुटुथ, राइडिङ डिस्टेन्स हिस्ट्री लगायत तथ्य देखाउने अत्याधुनिक प्रविधिको सुविधा रहेको कम्पनीले जनाएको छ।  

एफआई (फ्युल इन्जेक्सन) युक्त यो सिरिजको बाइकको इन्जिन क्षमता १५० सीसी रहेको छ। पाँच स्पिड म्यानुअल गियर रहेको यो बाइक एक लिटर पेट्रोलबाट ४५ किलोमीटरसम्म कुद्ने बताइएको छ। कम्पनीका अनुसार यस बाइकमा १३ लिटरको फ्युल ट्याङ्क रहेको छ। 

म्याट रेड, डार्क म्याट ब्लु, ग्रे एण्ड क्यान ब्लु, मेटालिक रेड, डार्क नाइट लगायत गरी सात रङमा यो बाइक उपलब्ध छ। बाइक १२.२ बिएचपी पावर १३.६ एनएम टर्क क्षमताको रहेको छ।

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?