जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कामना सेवा बैंकद्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्री तथा डस्टविन हस्तान्तरण

कामना सेवा बैंकद्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्री तथा डस्टविन हस्तान्तरण

कामना सेवा बिकास बैंक लि. डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मोदि गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्री तथा डस्टविन हस्तान्तरण गरेको छ ।

देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बैंकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले आजको यस कार्यक्रमले बैंक र समुदायबिचको सम्बन्ध अझ सुमधुर हुने र समुदायस्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताउनु भएको थियो साथै यस सहयोगले बिद्यालयको शैक्षिक स्तरमा समेत सुधार हुने बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको सभापतित्व, मोदि गाउपालिका वडा नं. ०३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारी , कुश्मा शाखा प्रमुख शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी मोहन सुवेदी र हरि प्रसाद गौतम लगायत बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षीकाको समेत उपस्थिती रहेको थियो ।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका