जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एशियन लाइफको बीमा शुल्क आर्जन साढे ८ प्रतिशतले बृद्धि

एशियन लाइफको बीमा शुल्क आर्जन साढे ८ प्रतिशतले बृद्धि

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा ९ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन भने ८.५० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको जीवन बीमा कोष २१.२१ प्रतिशतले बृद्धि भएको छ । अजोस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । महाविपत्ती जगेडा कोषमा १० करोड रुपैयाँ भन्दा धेरै जम्मा भएको छ । कर्जा लगानी तथा अन्य आय पनि १३.५१ प्रतिशतले बढेको छ । कम्पनीको यस्तो आम्दानी ५० करोड ८८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा अभिकर्ताहरुले १९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् । गत साउनदेखि कार्तिक मसान्त सम्ममा मात्रै कम्पनीले ७ हजार ३७६ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ ।

कम्पनीको दाबी भुक्तानी सत प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा मात्रै तीन अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । तीन महिनाको अवधिमा ८ हजार ६० वटा पोलिसीको दाबी भुक्तानी गरेको हो ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका