जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • ज्योति लाईफको जीवन बीमा कोष शत प्रतिशतले बृद्धी भइ ४.५५ अर्ब पुग्यो

ज्योति लाईफको जीवन बीमा कोष शत प्रतिशतले बृद्धी भइ ४.५५ अर्ब पुग्यो

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बीमा शुल्कमा ५० प्रतिशतले वृद्धी भइ ८१.७८ करोड रुपैयाँ आर्जन गरी कुल लगानी रकममा ८२ प्रतिशतले वृद्धी गरेको छ । 

साथै, कम्पनीले खुद नाफामा २८ प्रतिशतले वृद्धी गर्दै ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धी भइ ६६.१० करोड कायम हुन गएको देखिन्छ ।

जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्घी भइ ४.५५ अर्ब कायम गर्न कम्पनी सफल भएकोे देखिन्छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाइ लिइन्छ जसको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्नेछ । 

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका