जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • अब सिटिजन्सको मोबाइल एपबाटै सीआरएन र डिम्याट विवरण हेर्न पाउने, सेयर लगानीकर्तालाई सुविधा

अब सिटिजन्सको मोबाइल एपबाटै सीआरएन र डिम्याट विवरण हेर्न पाउने, सेयर लगानीकर्तालाई सुविधा

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले अब मोबाइलबाटै सीआरएन र डिम्याट नम्बर विवरण हेर्न पाउने भएका छन्। यससँगै बैंकको ग्राहक रहेका सेयरधनी लगानीकर्तालाई सुविधा पुग्ने विश्वास बैंकको छ।
बैंकले मोबाइल बैंकिङमार्फत सीआरÞएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधा सुरु गरेको विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरेपश्चात यो सेवाको सुरुवात गरेको हो। सेवा प्रारम्भ भएसँगै प्राथमिक शेयर निष्कासनका बेला आवश्यक सीआरÞएन नम्बर याद गरिरहन पर्ने झन्झबाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले गरेको छ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बंैकमा खाता भएका वा नभएका दुवै प्रंकारका ग्राहकहरुलाई लक्षित गर्दै बिना चेक इ–क्यास पठाउने, रकम जम्मा गर्न इ–भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत थप गरेको छ। यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका सेवा प्राप्त गर्न सक्ने जनाइएको छ।

सेवामा यी स्तरोन्नत्तीसंगै अब बैंकका ग्राहकहरुले बैंकमा नगइ मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास समेत बैंकको छ।

यस बैंकले अहिले देशभर १७४ शाखा, १२३ एटिएम र ११३ शाखारहित बैंकिङ एकाइबाट करिब १२ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

4705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका