जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • गभर्नर अधिकारीले बर्ष दिनमा ३२ लाख ६२ हजार रुपैयाँ तलब सुविधा लिए

गभर्नर अधिकारीले बर्ष दिनमा ३२ लाख ६२ हजार रुपैयाँ तलब सुविधा लिए

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक बर्षमा ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन्। राष्ट्र बैंकको गभर्नरका रुपमा उनले तलब १३ लाख ९४ हजार ४०० रुपैयाँ बुझेका हुन्।

यो तलबलाई १२ महिनाले भाग गर्ने हो भने मासिक उनको तलब एक लाख १६ हजार २०० रुपैयाँ हुन आउँछ। उनले सञ्चालक समितिको बैठक भत्ता बापत २ लाख २५ हजार बुझेका छन् भने अन्य सुविधा बापत १६ लाख ४३ हजार रुपैयाँ बुझेका छन्।

दुई डेपुटी गभर्नरको तलब भने फरक फरक छ। बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले एक बर्षमा ३६ लाख ५८ हजार ७२४ रुपैयाँ तलब सुविधा बुझेकी छिन्। उनले गभर्नरको भन्दा बढि अन्य सुविधा बुझेका कारण समग्र तलब सुविधा बढि देखिएको हो।

उनको बार्षिक तलब १२ लाख १५ हजार रुपैयाँ छ भने सञ्चालक समिति भत्ता ८० हजार र अन्य सुविधा २३ लाख ६३ हजार ७२४ रुपैयाँ बुझेकी छिन्। 

गभर्नरको भन्दा उनको अन्य सुविधा कसरी धेरै भयो भन्ने राष्ट्र बैंकले खुलाएको छैन। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधा बापत कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन्। उनले पनि गभर्नरको भन्दा बढि अन्य भत्ता तथा सुविधा बुझेका छन्।

मिश्रले बार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ बुझेका छन्। सञ्चालक समिति बैठक भत्ता ८० हजार बुझेका छन् भने अन्य सुविधा बापत २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझेका छन्। 

सञ्चालक समितिका अन्य सञ्चालकहरुको भत्ता फरक फरक छ। उनीहरु बैठकमा सहभागित जनाए अनुसार भत्ता पाएका छन्। श्रीराम पडैलले २ लाख २५ हजार बैठक भत्ता र अन्य सुविधा बापत ७ लाख ९२ हजार ८८० रुपैयाँ पाएका छन्। यो अन्य सुविधा बापतको रकम रामजी रेग्मी र सुवोधकुमार कर्णले पनि ७ लाख ९२ हजार ८८० रुपैयाँका दरले नै बुझेका छन्।

सञ्चालक समिति भत्ता भने रेग्मीले २ लाख १० हजार र कर्णले एक लाख ९५ हजार रुपैयाँ बुझेका छन्।  

2400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?