जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने

कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने

“स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको पहिलो फुटसल कपमा २४ वटा टिम सहभागी हुने भएका छन् । पौष ९ र १० गते आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको हो।

बैंकले आज पत्रकार सम्मलेन गरेर टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी दिएको हो । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ ।कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।

बैंकका अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको उद्घाटन गर्ने छन् भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गर्ने छन्। पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुने छ।

यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य सुदीप आचार्यले बताए ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका