जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् ।

काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई फरार भएका जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेत उक्त सहकारीका अध्यक्ष हुन् भने पाण्डे उपाध्यक्ष हुन् ।

सहकारीका १५ जना निक्षेपकर्ताहरूको निक्षेप रकम हिनामिना गरी फरार भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका